२० जुवाडे पक्राउ



१३ असोज, मोरङ।
जुवा खेल्दै गरेका २० जुवाडेलाई प्रहरीले मोरङ्गको लेटाङबाट पक्राउ गरेको छ ।
लेटाङ ६ बिपि चोकमा जुवा खेल्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लेटाङ्ग र पथरीबाट खटिएको संयुक्त प्रहरी टोलीले दर्शन होटल एण्ड लजमा राति साढे ११ बजे छापा मारी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद ८५ हजार ३ सय ९५, १६ थान कोडा र निजहरुले प्रयोग गरेको १० थान मोटरसाइकल र एउटा कार समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका २० जनालाई नै नियन्त्रणमा राखी थप अनुसन्धान एवं कारवाही प्रकृया अगाडी बढाइने मोरङ्ग प्रहरीले जनाएको छ ।




Comments