बिश्वकर्माको मूर्ति विक्री तिब्र





३१ भदौ, दमक।
बिश्वकर्मा पूजाको लागी दमकमा मूर्तिहरु बिक्री हुने क्रम तिब्र रूपमा बढेको छ । भोलि अर्थात् असोज १ गते मनाइने बिश्वकर्मा बाबाको पूजाका लागि मूर्तिको बिक्री बढेको हो ।
माटोबाट विश्वकर्मा बाबाको मूर्ति निर्माण गरी धमाधम बिक्री भइरहेको अभिषेक प्रतिमालय दमककी सञ्चालक फुलकुमारीदेवी पण्डितले बताइन् । एउटा मूर्ति २ हजारदेखि १५ हजार रुपैयाँसम्म बिक्री हुने गरेको मूर्ति व्यवसायमा संलग्न व्यवसायीहरुको भनाई छ ।
आफूले मात्रै केही दिनयता दैनिक रुपमा ५ वटाभन्दा बढी मूर्ति विक्री गरिरहेको पण्डितले बताइन् ।


Comments