आन्दोलनले अस्तव्यस्त विपि प्रतिष्ठान, हजारौं विरामी प्रभावित


-->
bpkihs
तेज बन विश्वासी,
१० असोज, सुनसरी।
सरकारले अत्यावश्यक सेवा बन्द गराउने जो कोहीलाई कानुनी कार्वाही गर्ने प्रतिवद्धता जनाएपनि बिगत दश दिनदेखि बन्द रहेको अस्पताल जस्तो संवेदनशील क्षेत्र खुलाउनेप्रति सरकारी निकाय आफैं मौन रहेको पाइएको छ ।
नेपालकै गौरवको रुपमा बिगतमा चिनिएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल बिवादीत क्षेत्र र आन्दोलनको अखडा भनेर गनिन थालेको छ ।
पटक पटकको बिवाद र आन्दोलनबाट आफ्नो पहिचान गुमाउँदै गएको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान यतिवेला पनि कर्मचारीको आन्दोलनबाट अस्तब्यस्त बन्दै गएको छ ।
गत भदौ ३० गते काठमाण्डौमा सम्पन्न प्रतिष्ठानको ३६ औं सिनेट बैठकले आर्थिक वर्ष २०७०/७१ मा सरकारले बृद्धि गरेको १८ प्रतिशत तलब, 0७१/७२ मा बृद्धि भएको १० प्रतिशत तलब एक हजार महंगी भत्ता र २५ प्रतिशत प्रोत्साहन भत्ता पाउनुपर्ने माग राख्दै भदौ ३० गतेदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरुलाई आन्दोलनको कार्यक्रमहरु फिर्ता लिन बिभिन्न संघ संस्थाहरु राजनीतिक पार्टी र नागरीक समाजले आग्रह गरेपनि सरकारी निकायबाट कुनै पहल थालिएको छैन ।

-->

कर्मचारीहरुको आन्दोलनका कारण पूर्वको जिल्लाहरुबाट बिभिन्न रोगको उपचार गराउन आएका हजारौं सेवाग्राहीहरु हाल सेवा नपाई त्यतिकै निराश बनेर फर्कन बाध्य बनेका छन् ।
प्रतिष्ठानभित्र रहेका कर्मचारीहरुको संगठन कर्मचारी कल्याण समाज र कर्मचारी तदर्थ समिति दुवै एकजुट भएर थालेको आन्दोलनका कारण प्रतिष्ठानभित्र इमरजेन्सी, अन्तरङ्ग बाहेका सबै उपचार सेवाहरु बिगत १० दिनदेखि ठप्प बनेका छन् ।
यता प्रतिष्ठानभित्र पछिल्लो समय कर्मचारीहरुको मागलाई सम्बोधन गर्नको निमित्त सभाषद तथा पूर्व उपकुलपति शेखर कोइरालाको नेतृत्वमा उच्च स्तरीय तलवमान आयोग गठन गर्न नपाउँदै पुनः अर्को आयोग गठनको प्रस्ताव अघि सारेपछि बिवाद झनै उत्कर्षमा पुगेको छ ।
उता कर्मचारीहरुको तर्फबाट कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङ्गले दुई वर्ष अघिदेखि अघि सारिएका मागहरु प्रतिष्ठानले वेवास्था गर्दै आएका कारण यो आन्दोलन अन्तीम आन्दोलन रहेको बताएका छन् ।
कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्रले कर्मचारीहरुको मागलाई प्रतिष्ठानका पदाधीकारीहरुले सिनेट बैठकमा लगी निर्णय गराएपछि मात्रै आन्दोलनका कार्यक्रमहरु फिर्ता हुने अन्यथा जारी रहने बताएका छन्।

-->

Comments