खुशीलालको उपचारमा सहयोग गर्नेसहित ६ सम्मानित




१४ असोज, दमक।
निःस्वार्थ रुपमा सामाजिक कार्यमा र बिपन्न समुदायका झापा खजुरगाछीका एक बालकको उपचारमा सहयोग पुर्‍याएको भन्दै गौरीगञ्ज/खजुरगाछीका बासिन्दाहरुको तर्फबाट पत्रकार मञ्च दमकका अध्यक्ष बिष्णुप्रसाद पोखरेलसहित बिभिन्न ब्यक्तिहरुलाई सम्मान तथा अभिनन्दन गरिएको छ ।
नाभी बढ्ने रोगबाट पीडित रहेका खजुरगाछीका खुसीलाल माझीको उपचारमा सहयोग गर्ने पत्रकार मञ्चका अध्यक्ष पोखरेल, लाइन्स क्लव अफ माउण्ट एभरेष्ट दमकका अध्यक्ष अजय अग्रवाल, लाइफ लाइन अस्पतालका मे.सु. डा. सूर्यनारायण शाह र लाइफलाइन अस्पताललाई नव जागृती यूवा क्लवले अभिनन्दनसहित सम्मान गरेको हो ।




उपचारको अभावमा ५ बर्ष अघिदेखि रोग पालेर बसेका खुसीलाल माझीको निःशुल्क रुपमा उपचार गराइएको थियो । २२ दिनसम्म लाइफलाइन अस्पतालमा राखेर शल्यक्रियापछि अहिले खुसीलाल घर फर्केका छन् ।
क्लवका अध्यक्ष गैद्धार महतोले निःस्वार्थ रुपमा पुर्‍याएको योगदानको कदर गर्दै अभिनन्दन सहित सम्मान गरिएको बताए ।
सोहि अवसरमा स्थानीय रुपमा पत्रकारीतामा योगदान दिएर परिवर्तनका लागि खेलको भूमिकाको कदर गर्दै हिमशिखर टिभिका पत्रकार सुदिप अधिकारीलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई एक भब्य साँस्कृतिक कार्यक्रमबीच सम्मान गरिएको थियो भने उपचार पाएर स्वस्थ बनेका खुसीलाल समेत कार्यक्रममा सहभागि रहेका थिए ।





Comments