सुरुङ्गामा डम्बरलाई वान्स मोर




dambar nepali
२ असोज, सुरुङ्गा ।
जब गायक डम्बर नेपाली स्टेजमा 'चढेर तिम्रो पाउजु बजेर' भन्न थाले भएभरका सुरुङ्गेली दर्शकहरु स्टेज नै भत्काउँला झैँ गरी नाच्न थाले । झण्डै ५ हजारको हाराहारीमा उपस्थित भएका सुरुङ्गावासीहरु डम्बरका गीतमा झुम्दै नाच्न थालेपछि दर्शकलाई फुर्क्याउन सिपालु गायक डम्बर नेपाली पनि के कम, एकपछि अर्को गर्दै डेढ दर्जन बढि गीत गाउन भ्याए ।
डम्बरले तिम्रो पाउजु बजेर चाल पाए अरुले, बिग्रिएको मान्छेको भत्केको घर, मलाई छाडेर जाने भए जाऊ, आज आकाशमा एउटा तारा देखिन, कि मार मलाई कि छाड उसलाई लगायतका गीतहरु ३ पटकसम्म दोहोर्‍याउनु पर्‍यो ।



-->
स्थानीय सुरुङ्गेली मेकानिक्सहरुको आयोजनामा सुरुङ्गा चोकमा लगाइएको सामुहिक विश्वकर्मा पूजाको रातको समय डम्बर नेपाली स्टेजमा चढेपछि बुधबारको साँझको माहोल नै संगीतमय भएको थियो ।
डम्बरलाई गीत तथा नृत्यमा अर्का गायक कुमार लिम्बुले फेसबुकले कान्छी फेसबुकले, तिम्रो मेरो प्रेमको कथा, चिसो चिसो रातमा लगायतका गीतले सुरुङ्गावासीलाई मनोरञ्जन प्रदान गरेका थिए । वर्षभरी मिल मेशिनरीको काम गर्दै आएका मजदुरहरुको लागि महान् पर्व विश्वकर्मा पूजामा एक दिन भएपनि विश्राम र मनोरञ्जन दिनका लागि यस वर्षबाट सांगीतीक कार्यक्रमको आयोजनाको थालनी गरिएको कार्यक्रम आयोजक जीवन खतिवडाले बताए ।

फोटो - विश्वकर्मा पूजाको सांगीतीक कार्यक्रममा प्रस्तुति दिँदै गायक डम्बर नेपाली ।

-->

Comments