असल ज्वाईं र असल बुहारी सम्मानीत




१० असोज, दमक।
ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल दमकले सासु आमा पाल्ने असल ज्वाई र असल बुहारीलाई सम्मान गरेको छ ।
दमक- १० स्थित प्रतिष्ठानको आफ्नै कार्यालयमा एक-एकजना ज्वाईं र बुहारीलाई सम्मान गरेको हो । आफ्नै आमासरह माया दिएर सासु गंगा माया खतिवडालाई पाल्ने कोहवरा -७ का ज्वाईं देवीभक्त न्यौपानेलाई सम्मान गरिएको छ ।

यस्तै सासु आमा पाल्ने असल बुहारी दमक-८ की हिमा दाहाललाई पनि कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासु कोइरालाले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
प्रतिष्ठानले आफनो ११ औं बाषिर्क साधारण सभा तथा २४ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धरमपुर- ८ का १०१ बर्षीय लिलाबल्भव गजुरेललाई पनि सम्मान गरिएको अध्यक्ष सीताराम खतिवडाले जानकारी दिए । कार्यक्रममा उपाध्यक्ष सुष्मा खरेलले स्वागत मन्तब्य राखेकी थिइन् ।




Comments