२७ भदौ, पाँचथर ।
पाँचथरको फाक्तेप ५ घुर्बिसे पञ्चमी बजारमा बिहिबार दिउँसो लागेको आगलागीबाट ४ घर जल्दा ६५ लाख रूपैयाँ मूल्य बराबरको सम्पती जलेर नष्ट भएको छ ।
दिउँसो करिब ३ बजे याम बहादुर डाँगीको घरमा विद्युत सर्ट भई सल्केको आगोले छिमेकीहरू राम बहादुर खड्का, बिर नरसिंह चेम्जोङ्ग र इमराज पाण्डे समेतको घर जलेर क्षति भएको हो । आगलागी स्थानियवासी र प्रहरी चौकी फाक्तेपबाट खटीगएको प्रहरी टोलीको सहयोगमा साँझ ४ बजे नियन्त्रणमा लिइएको थियो ।
Comments
Post a Comment