तेह्रथुममा महिलाको हत्या गरी फरार नेपाली झापाको लखनपुरमा पक्राउ

khukuri २६ भदौ, दमक। तेह्रथुमको सोल्मामा एक महिलालाई हत्या गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले झापाको लखनपुरबाट पक्राउ गरेको छ । सोल्मा ६, आकासेकी १९ बर्षीया दिलकुमारी लिम्बुको हत्या गरी फरार भएका सोही ठाउँका २२ वर्षिय छत्र नेपाली लखनपुर ८, रंगपुरबाट पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय दमकको टोलीले गएराति पक्राउ गरेको हो ।
गत भाद्र १९ गते दिउँसो २ बजेतिर घरमा कोही नभएको समयमा नेपालीले १९ वर्षिया लिम्बुलाई जबरजस्ती करणीको प्रयास गरेको र लिम्बुले प्रतिकार गर्दा उनको घाँटी र टाउकोमा खुकुरीले प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापश्चात बिभिन्न ठाउँ फेर्दै परिवर्तन गर्दै लुकी बसेका उनलाई प्रहरीले खोजतलासका क्रममा फेला पारी पक्राउ गरेको हो। उनी भाग्न सक्ने स्थानहरुमा निगरानी र उनी जाने सक्ने सम्भावित ठाउँहरूमा प्रहरी परिचालन गरी पक्रन सफल भएको पूर्वक्षेत्रीय विशेष शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले बताए । पक्राउ परेका अभियुक्तलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बसन्तपुर तेह्रथुम पठाइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक चिरन्जीबी दाहालले जानकारी दिए ।

Comments