अपाङ्गता भएकाहरुको पुनर्स्थापनामा जोड

२८ भदौ, दमक। समाजमा रहेका अपाङ्गता भएकाहरुलाई पुनर्स्थापना गर्न सवैको भूमिका हुनुपर्नेमा जोड दिएका छन्। शनिबार दमक अपाङ्ग सहयोग समितिको १४ औं वार्षिक साधारणसभाका अवसरमा सहभागीहरुले अपाङ्गमैत्री सहकार्य बन्न सकेमात्र यस्ता समुदायहरु समाजमा पुनर्स्थापित हुनेमा जोड दिएका थिए । दमक नगरपालिका कार्यकारी अधिकृत नुरहरि खतिवडा, कांग्रेस दमक सभापति ढुण्डीराज भण्डारी, एमाले नगर अध्यक्ष अम्बिका खनाल, एमाओवादीका नगर अध्यक्ष रमेश गुरागाई, जनजाति महासंघका अध्यक्ष बासुदेव राई ,श्याम पोख्रेल लगायतकाले अपाङ्गमैत्री वातावरण निर्माण गर्न जरुरी भएको बताएका थिए। सोही अवसरमा अपाङ्गता भएका क्षेत्रमा सञ्चार वकालत गरेवापत पिपुल्स टाइम्स दैनिक, हिमशिखर टिभी, मोहन ढकाल, द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थालाई प्रंसशा पत्रद्वारा सम्मानित गरिएको थियो । संस्थाका अध्यक्ष खगेन्द्र भट्टराईको अध्यक्षतामा भएको सो सभाको उद्घाटनमा संस्थाका सचिव भक्त वहादुर वस्नेतले प्रगति तथा भावी कार्यक्रमका बोरमा प्रतिवेदन प्रस्तुत गरेका थिए।

Comments