संघीयता सहितको संविधान जरुरी‒खम्बु

नरेन्द्र बस्नेत, ५ भदौ, मोरङ। पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान जारी गर्नुको बिकल्प नभएको खम्बुवान राष्ट्रिय मोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष डिएस खम्बुले बताएका छन् । सो पार्टीको २१ औँ स्थापना दिवसका अवसरमा मोरङको लेटाङस्थित जनसेवा सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा सम्पन्न कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलहरु एक ठाउँमा उभिएर समयमै संविधान जारी गर्नुपर्नेमा समेत जोड दिए। कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले र एकिकृत माओवादी लगायतका दलका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । पार्टीका मोरङ अध्यक्ष दिलाराम खम्बुको सभापतित्व र केन्द्रीय सह प्रवक्ता रणेन्द्र थिम्राहाङको बिशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको पार्टीका केन्द्रीय उपसचिव राजुदेव राईले जानकारी दिए। यसैगरी पार्टीको अयोजनामा उदयपुरमा साँस्कृतिक कार्यक्रम, सुनसरीमा रक्तदान साथै पूर्वाञ्चलका बिभिन्न जिल्लाहरुमा स्थापना दिवसका अवसरमा विविध कार्यक्रमहरु आयोजना भएको जानकारी प्राप्त भएको छ ।

Comments