अविवाहितको तीज

उर्लावारी - ३ की अशू सुन्दास अवाहित छिन् । उनलाई बाल्यअवस्थाबाट नै तीज मनाउन खुब रहर लाग्थ्यो । उनी आफ्ना साथीहरुको लहिलहिमा ब्रत पनि बस्थीन् तर पछि बिहानको केही समय नबित्तै भोक लागिहाल्ने हुनाले खाना खाइहाल्थिन् । दर्शन कलेज उर्लाबारीमा प्लस टूमा अध्यनरक्त अशूलाई अहिले पनि तीज पर्व एकदमै रमाइलो लाग्छ । यो एक संस्कृति भएकाले यसलाई सम्मान् गर्ने बताउने अशू तीजमा ब्रत बसेकै कारण राम्रो बर पाउने कुरामा भने विश्वास गर्दिनन्।
नेपाली हिन्दू नारीहरुले विषेश महत्वका साथ मनाउँदै आएको तीज पर्वको आफ्नै मुल्य, मान्यता र बिश्वास रही आएको कुरा बताउँछिन्, उर्लाबारी - ३ की तृष्णा रेग्मी । उनी पछिल्लो समय निकै तडक भडकसहित तीज मनाइनुलाई विकृतीको रुपमा लिन्छिन् । उनी भन्छिन्, 'पहिले पहिले मनाउने तीज र आजभोलीको तीजमा निकै भिन्नता छ, पहिलाका तीजमा छोरी चेली माइती घर गई आफ्ना पुराना साथीहरुलाई भेटी रमाइलो गर्दै दर खाई तीज मनाउने गर्दथे तर आजभोली भने तीज आउनुभन्दा एक महिना अगाडिबाटै विभिन्न होटल तथा रेस्टुरेन्टमा पार्टी गरेर मनाइने गरिन्छ।'
यस कुरामा फरक मत राख्छिन् दमक - ३ बस्ने स्मिता राई । उनको तर्क अलि भिन्न छ । उनी पहिलेको भन्दा आजभोली मनाइँदै आइरहेको तीजलाई प्राथमिकतामा राख्दै भन्छिन्, '२१ औं शताव्दीमा पनि महिलाहरु पछि परिरहेको बर्तमान अबस्थामा यस तीजले कमसेकम तीज मनाउने बहानामा नै सही, महिलारुले केही समयको लागि भए पनि स्वतन्त्र हुने मौका पाएका हुन्छन्, त्यसै पनि यो पर्व महिलाहरुको लागि विषेश त भई नै हाल्यो।'
उनकै भनाईमा हो मा हो थप्छिन् दमककी शिला वानेम, उनी पनि होटेल अनि रेस्टूरेन्टमा रमाइलो गरेर मनाइने तीज विकृती नभएको कुरामा जोड दिन्छिन् । जहाँ मनाए पनि मनाउनु हो, आफूलाई जता सहज हुन्छ, त्यहीँ मनाउँदा हुन्छ, यो कुनै विबाद गर्ने विषय नै हैन ।' यता विर्तामोडकी १४ बर्षीय प्रेरणा उप्रेती भने यसैपाली पहिलोपल्ट तीजको ब्रत बस्न लागेको बताउँछिन् । उनी भन्छिन्, 'यसैपालीबाट तीजको ब्रत लिन गइरहेको हुँदा मेरालागि यस तीजको ब्रत विषेश हुनेछ । अरुको भन्दा फरक किसिमले मनाउने सोचमा छु म तीज, जसले गर्दा आगामी बर्षहरुमा पनि तीज ब्रत मेरा लागि स्मरणीय रहोस् भन्ने चाहन्छु ।' प्रस्तुती - किसोर श्रेष्ठ मोडलहरु - अशू सुन्दाश, तृष्णा रेग्मी, स्मीता राई, सिला वानेम् तस्वीर सौजन्य - विवेक हिङमाङ ड्रेस - प्रिन्स बुटिक मेकअप - अशू सुन्दाश

Comments