न्यु ह्याम्सायरमा भुटानी समुदायको भब्य तीज (फोटो, भिडियो)

सि एम निरौला, अमेरिका। पुनरवासी भूटानी महिलाहरूले अमेरीकाको New Hampshire राज्यको मेन्चेस्टर शहरमा भब्यताका साथ तीज मनाएका छन्। आइतबार यहाँ रहेका भुटानी महिलाहरूले संस्कृति झल्काउँदै संगिनी, तीजका गीत सहितको कार्यक्रममा बिभिन्न प्रस्तुति पस्केका थिए।
Bhutanese Community of New Hampshire का Board Chair गुरू सुवेदी, सोही संस्थाका Board of Director कृष्ण खनाल, अमेरिकी फोटोग्राफर Brecky Field, Holy Cross Learning Family Centre की कायर्कारी निर्देशक सिस्टर्स ज्यकलीन लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता आयोजक समूहकी तिरथा बस्नेतले गरेकी थिइन्। राधिका आचार्यको स्वागत मन्तव्य गरेको कार्यक्रममा Bhutanese Youth of New Hampshire ( BYNH) का तर्फबाट सि एम निरौलाले तीजको शुभकामना दिनुका साथै समूहका बारेमा जानकारी दिएका थिए। नेपाली परम्परागत खानाका परिकारले सहभागी/दर्शकलाई उत्साह थपेको थियो भने महिला समूहको नृत्यले कार्यक्रमकै शोभा बढाएको थियो । भाषा र संस्कृतिकै कारण देशबाट खेदिएका भूटानीले विदेशमा समेत यसको जोगावट गरी नै रहेका छन्। 
  कार्यक्रममा Concord, Laconia र Manchester बाट आएका करिव ५ सय को हाराहारीमा महिला उपस्थित थिए। 77 Concord St मा भएको उक्त कार्यक्रममा आफ्नो सबै दुःख पीड़ा बिर्सिएको कार्यक्रमकी सहभागी एक महिलाले बताइन्। पञ्चमी पूजासमेत मेन्चेस्टरस्थित सरस्वती मन्दिरमा यिनै महिलाले लगाएका थिए। यस्ता कार्यक्रम पहिला पहिला पनि हुनेगरेको भएपनि यसपाली धैरैको सहभागिताले गर्दा राम्रो भएको आयोजक संस्थाकी धना नेपालले बताइन्। आयोजककै तर्फबाट बिष्णु कोइरालाले सबैलाई धन्यवाद दिएकी थिइन् ।

Comments