सुब्बाले पाए दोब्बर रकम

१० भदौ, दमक। वेस्टर्न यूनियन मनि ट्रान्सफरको पैसा दोब्बर योजनाअन्तर्गत जनता ट्रेर्डस दमक १० बाट सञ्चालित वेस्टर्न यूनियन मनि ट्रान्सफरबाट रकम झिक्ने हुने दशौं हप्ताका बिजेता सकुनकुमार सुब्बालाई पुरस्कार रकम हस्तान्तरण गरिएको छ । मंगलवार वेस्टर्न यूनियन मनि ट्रान्सफरका प्रतिनिधि संजिव थपलियाको उपस्थितिमा उनलाई जनता ट्रेडर्सका सञ्चालक बिमल खतिवडाले उपहार योजना अन्तर्गतको रकम प्रदान गरेका हुन् । सुब्बाले अमेरिकाबाट आएको रकम झिकेका थिए । उनले १३ हजार ३ सय ५९ रुपैयाँ झिकेको र लक्की ड्रमार्फत उनी दशौं पुरस्कृत व्यक्ति बन्दै त्यति नै थप रकम पाएको खतिवडाले बताए । यो योजना अझै १० हप्ता बाँकी रहेको बताइएको छ ।

Comments