हात्ती धपाउन ८ राउण्ड ब्ल्याङ्क फायर

७ भदौ, दमक । जंगली हात्तीले झापाको बाहुनडाँगीमा फेरि उपद्रो मच्चाएको छ । शुक्रबार राति ११ बजेतिर बाहुनडाँगी ८ मा पसेको 8-9 वटा हात्तीको एक समूहले स्थानीयबासीहरूले लगाएको धानबाली नष्ट गरेको छ। धानवाली नष्ट गर्न थालेपछि स्थानीयबासी र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले विहान ३ बजेतिर हात्तीलाई जंगलतर्फ लखेटेका थिए । त्यस क्रममा प्रहरीले ८ राउण्ड ब्ल्याङ्क फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Comments