युएनडिपिको आयोजनामा हिलेमा द्वन्द न्युनिकरण कार्यशाला

१० भदौ, हिले (धनकुटा)। जिल्ला, क्षेत्रीय, राष्ट्रिय स्तरमा उत्पन्न हुने सवै खाले द्वन्द न्यूनिकरणका लागि राजनैतिक दल तथा सरोकारबाला निकाय र संघ संस्था बीचको सहकार्यात्मक नेतृत्व तथा सम्वादमा जोड दिइएको छ । आज मंगलबार धनकुटाको हिलेमा सुरु भएको सम्वाद समूह झापाका सदस्यहरुसँग सहकार्यत्मक नेतृत्व तथा सम्वाद विषयक २ दिने कार्यशालाका सहभागि तथा सहजकर्ताहरुले उक्त साझा धारणा प्रस्तुत गरेका हुन् । सम्वाद समूहमा आवद्ध झापाका राजनैतिक दलका नेताहरु, शान्ति समितिका संयोजक, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि गरी २९ जनाको सहभागिता रहेको कार्यशालामा पूर्व सभामूख तथा बरिष्ठ सहजकर्जा दमननाथ ढुंगाना, डा. दिनेश प्रसाईं, र विष्णु सापकोटाले सहजिकरण गरिरहेका छन् । यूएनडिपीको द्वन्द रोकथाम कार्यक्रमको आयोजना र संवाद समूह सचिवालय झापाको संयोजनमा जारी कार्यशालामा पूर्व समामूख तथा वरिष्ठ सहजकर्ता ढुंगानाले आजको अवस्थामा शान्ति निर्माणका दिशामा भइरहेका काम र चुनैतिको सम्वन्धमा विशेष प्रस्तुती गरेका थिए। कार्यशालामा झापा जिल्लाको सन्दर्भमा जटिल प्रकृतिका मुद्दाहरुको पहिचान र त्यसको सहजीकरणको लागि निर्वाह गर्नुपर्ने भूमिकावारे छलफल तथा कार्य योजना बनाइने सम्वाद समूहका कार्यक्रम संयोजक अधिवक्ता दिपेन्द्र भट्टराईले बताए। संवाद समूहले ३ वर्षदेखि झापामा द्वन्द न्यूनिकरणमा निर्वाह गरी रहेको भूमिकाबाट प्रभावित भई यूएनडिपीले संवाद समूहका सदस्यहरुसँग सहकार्यात्मक नेतृत्व तथा संवाद विषयमा कार्यशाला आयोजना गरेको यूएनडिपीको द्वन्द रोकथाम कार्यक्रमका क्षेत्रीय प्रमुख मोहन कर्णले जानकारी दिए। कार्यशालामा झापाको राजनैतिक, पहिचान र प्राकृतिक स्रोतसँग सम्वन्धीत मुद्दाको पहिचान गरी सम्भावित द्वन्द न्यूनिकरण गर्न कार्यशाला केन्द्रित हुने वताइएको छ । कार्यशालामा संवाद समूहका तर्फबाट स्थानिय शान्ति समिति झापाका संयोजक सूर्यनारायण गणेश, नेपाली कांग्रेसका उपसभापति देउमान थेवे, नेकपा एमालेका सचिव चिन्तन पाठक, एकिकृत माओवादीका केन्द्रीय सदस्य झलकसिंह दर्लामी, राप्रपा नेपालका केन्द्रीय सदस्य भक्ति सिटौला, नेकपा-माओवादीका नरेश संजेल, नेकपा मालेका सचिव नवराज खरेल, संघीय समाजवादका केन्द्रीय सदस्य विश्वदीप लिङ्देन, संघीय लिम्वुवान पार्टी नेपालका टेकबहादुर खजुम र धनबहादुर पन्धाकले दलहरु बीचको सहकार्यात्मक नेतृत्व र सम्वाद नै शान्ति स्थापनाको मुख्य माध्यम भएको वताएका थिए । त्यस्तै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य लोकराज ढकाल, पत्रकार महासंघ झापाका अध्यक्ष भिम नेम्वाङ्, नेपाली कांग्रेसका भगिरथ पोद्दार, एमालेका कुन्दन भट्टराई, अन्तर पार्टी महिला संजालकी पूर्व अध्यक्ष सरु न्यौपाने, महिला नेतृ वन्दना झागर तथा यूवा नेताहरु दिपक कार्की, नविन ढुङ्गाना, नरेश संजेल, टोम राजवंशी, उमा कार्की, लगायतले समाजका सम्भावित द्वन्दहरुको समयमा नै पहिचान गरी संवादको माध्यमबाट हल गर्नु पर्नेमा जोड दिए।

Comments