अर्काकी स्वास्नीसँग फेलापरेकालाई धुलाई

१२ भदौ, मोरङ। विवाहित महिलासँग सुतिरहेको अवस्थामा भेटिएका मोरङको टाँडीका एक युवालाई स्थानीयबासीले कुटपिट गरी घाइते बनाएका छन् । गएराति अर्काको स्वास्नीसँग सुतिरहेको अवस्थामा भेटिएका टाँडी ८ का ३४ वर्षीय दिलबहादुर दर्जीलाई सोही ठाउँका को राजकुमार लिम्बु, महेश लिम्बु, विजय लिम्बु र खगेन्द्र विश्वकर्माले कुटपिट गरी घाइते बनाएका हुन् । घाइतेलाई स्थानिय क्लिनिक लगी उपचार गरिएको कुटपिटमा संलग्न सबैलाई नियन्त्रणमा लिइएको अस्थायी प्रहरी चौकी टाँडीले जनाएको छ ।

Comments