मिस झापाका प्रतियोगीहरू ट्राफिक सचेतनामा

१४ भदौ, बिर्तामोड। मिस झापा २०१४ का प्रतियोगीले शनिबार बिर्तामोडमा ट्राफिक सचेतना जगाएका छन् । मिस झापाका प्रतियोगीले आज शनिबार राजमार्गमा सवारी चालक, पैदलयात्रुलाई ट्राफिक नियमबारे जानकारी गराएको कार्यक्रम संयोजक प्रकाश सुवेदीले बताए । बीरता जेसीजको आयोजनामा हुन लागेको बास्किन रोविन्स मिस झापाका लागि १८ प्रतियोगी छानिएका छन् । बीरता जेसीजका कार्यवाहक अध्यक्ष एकराज गिरी, महासचिव राजीव धिमाल, कोषाध्यक्ष भक्तराज भारतीले कार्यक्रमबारे जानकारी गराएका थिए । ट्राफिक प्रहरीको सहयोगमा भएको कार्यक्रममा ट्राफिक सचेतना पर्चा पनि वितरण गरिएको थियो । यसअघि हिजो ट्राफिक सचेतना सम्बन्धी उनीहरुलाई प्रशिक्षण दिइएको थियो ।

Comments