ट्याक्टरबाट लडेर एकको मृत्यु

३ भदौ, उर्लाबारी । मोरङको उर्लाबारीमा आज ट्याक्टरबाट लडेर आज एक व्यक्तिको ज्यान गएको छ । उर्लाबारी ८मा ट्याक्टरबाट लड्दा उर्लाबारी ७ का ५५ वर्षिय सहिशन लामाको मृत्यु भएको हो । को १ त ७५१४ नम्बरको ट्याक्टरमा चढी दाउरा लिन जंगल जाँदैगरेका उनी अपरान्ह २ बजे उर्लाबारी ८ स्थित कच्ची सडकमा अचानक ट्याक्टरबाट लडेर घाइते भएका थिए । उनको उपचारका क्रममा कोशी अंचल अस्पताल बिराटनगरमा साँझ ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ट्याक्टर र चालक दिपक भुजेल सोही कार्यालयको नियन्त्रणमा छन् ।

Comments