गजल

- विक्रम गौतम 

महादेवसँग मलाई वर माग्नेलाई यो गजल ।
नजिक म आउँदा पर भाग्नेलाई यो गजल ।।

मेरैलागि जन्मघर साथीसंगी सबै छोडी ।
नामको पछि मेरो थर राख्नेलाई यो गजल ।।

मेरो लामो आयु खातिर भोकैतिर्खै पानीविना ।
दिनरातको आठै प्रहर काट्नेलाई यो गजल ।।


साडीचोलो धागो पोते सिन्दुर टीका औंठी चुरा ।
तिलहरीसँग रहर साट्नेलाई यो गजल ।।

जिस्काउने घुर्क्याउने अनि पछि रिसाउने ।
फकाउन मलाई कर लाग्नेलाई यो गजल ।।

 सुम्पेको छु जे गर परेको छु तिम्रै भर ।
मेरो जिन्दगीको मोटर हाँक्नेलाई यो गजल ।।

 महादेवसँग मलाई वर माग्नेलाई यो गजल ।
नामको पछि मेरो थर राख्नेलाई यो गजल ।।


Comments