आफ्नै श्रीमानलाई छुरी हान्ने पक्राउ

८ भदौ, पाँचथर । आफ्नै श्रीमतीले छुरा प्रहार गर्दा पाँचथरको फिदिममा एक व्यक्ति गम्भीर घाइते भएका छन् । इलामको इभाङ ४ घर भई पाँचथर फिदिम १ गोसलाइनमा डेरा गरी बस्ने ३५ वर्षिय बसन्त योङ्यालाई हिजो दिउँसो पौने ३ बजेतिर आफ्नै ३२ वर्षीय श्रीमती भिमकुमारी चेम्जोङले छुरी हानेर घाइते बनाएकी हु्न् । घरायसी बिवादको कारण भिमकुमारीले श्रीमान बसन्तको टाउको र कानमा छुरा हानी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेको फिदिमस्थित पाथिभरा हस्पिटलमा उपचार भइरहेको र छुरी प्रहार गर्ने महिलालाई छुरीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको भनाई छ ।

Comments