रोकिराखेको ट्रकसँग एम्बुलेन्स ठोक्किँदा चार घाइते

१३ भदौ, सुनसरी। पूर्वपश्चिम राजमार्गअन्तरगत सुनसरीको हरिपुरमा विरामी बोकेको एम्बुलेन्स ठोक्किँदा चारजना घाइते भएका छन् । सिरहाको गोबिन्दपुरबाट बिरामी लिएर धरानतर्फ आउँदै गरेको एम्बुलेन्स राति साढे २ बजेतिर हरिपुर ७ मा राजमार्गमा रोकिराखेको ना ४ ख ८१९६ नम्बरको ट्रकसँग ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा सिरहा गोबिन्दपुर का ३५ वर्षिय राजु थापा मगर, ४८ वर्षिय भिम थापा मगर, ३५ वर्षिया पार्वती थापामगर र चालक ३८ वर्षिय जगलाल पासवान रहेका छन् । घाइते सबैलाई उपचारको लागि विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाइएको र एम्बुलेन्स सीमा प्रहरी चौकी भण्टाबारीमा रहेको सुनसरी प्रहरीले जनाएको छ ।

Comments