दमक।
सर्वज्ञान म्युजिक प्रालि दमकको ब्यानरमा निर्माण थालिएको कथानक टेलि चलचित्र नौलो संसारको शुभमुहूर्त गरिएको छ । दमक-१३ स्थित दुर्गा मन्दिरमा गीतकार ज्ञानेन्द्र कोइरालाले नरिवल फोरेर शुभमुहूर्त गरेका हुन् ।
पारुहाङ वान्तवाको कथा र निर्देशन रहेको चलचित्रको सम्पादन र छायाँकन भानु फोटो स्टुडियोका भानुभक्त न्यौपानेले गरेका छन् । सामाजिक कथावस्तु रहेको सो चलचित्रको निर्माता शोभा कार्की र डिएन खरेल रहेका छन् । पुनम न्यौपानेको मुख्य भूमिका रहेको चलचित्रमा रामप्रसाद भट्टराई, शोभा कार्कीलगायतका कलाकारको अभिनय रहनेछ ।
मेची र कोशीका विभिन्न जिल्लामा छायाँकन गरिने सो टेलिचलचित्र हिमशिखर टेलिभिजनबाट प्रशारण हुने जनाइएको छ ।
Comments
Post a Comment