प्रहरीदवारा होस्टलका विद्यार्थीलाई प्रशिक्षण

१ भदौ, दमक। इलाका प्रहरी कार्यालय दमकले शनिबार झापाको दमकस्थित एक होस्टेलमा बस्ने विद्यार्थीहरूलाई एक दिने चेतनामुलक प्रशिक्षण दिएको छ । दमक ११ स्थित ग्यालेसिक होस्टेलमा बसेर अध्ययन गर्ने ४० जना विद्यार्थीहरुलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक चिरञ्जीवि दाहालले लागु औषधको दर्व्यसनबाट हुने असर र त्यसबाट बच्ने उपायहरुका बारे चेतनामुलक प्रशिक्षण दिएका थिए । प्रहरी नागरीक हातेमालो (P2H2) कार्यक्रम अन्तर्गत पूर्वका मोरङ, सुनसरी र झापा जिल्लामा प्रहरीले विद्यालय सम्पर्क कार्यक्रमको माध्यमबाट बिधार्थीहरुलाई गर्दै आएको चेतनामुलक प्रशिक्षण अभियान अन्तर्गत सो प्रशिक्षण दिइएको प्रनि दहालले जानकारी दिए ।

Comments