लाइफलाइनमा लेपरोस्कोपी सर्जरी

१४ भदौ, दमक । झापाको दमकस्थित लाइफलाइन अस्पतालले लेपरोस्कोपी सर्जरी सेवा सुरु गरेको छ । बिगत १६ बर्षदेखि सेवा दिँदै आएको यस अस्पतालले आजदेखि सो सेवा पनि सुरु गरेको हो । पित्त थैलीमा पथरिया भएकाहरुको लागि पेटमा सानो प्वाल पारेर दुर्विनद्वारा अत्याधुनिक शल्यक्रियाको माध्यमद्वारा उपचार गरिने अस्पतालका अध्यक्ष बालचन्द्र सुब्बाले जानकारी दिए । उनका अनुसार सो उपचारका लागि काठमाण्डौबाट आएका पेटरोगसम्बन्धी विशेषज्ञ डा. राकेशकुमार शाहले शल्यक्रिया गर्नेछन् । सेवा सुचारु भएको पहिलो दिन आजमात्रै तीन जनाले सो उपचार सेवा लिएको अध्यक्ष सुब्बाले जानकारी दिए। एक सय शैया क्षमता रहेको सो अस्पतालमा स्त्रीरोग, बालरोग, २४ सै घण्टा आकस्मिक सेवा, नेपाल सरकारसँगको सहकार्यमा सुरक्षित मातृत्व सेवा, मुटुरोग, फोक्सो म्बन्धी, हाडजोर्नी लगायतको रोगको विशेषज्ञ डाक्टरहरुबाट उपचार हुने अस्पतालले जनाएको छ । अस्पतालमा दुई महिना भित्रमा नै आइसियु र एनआइसियु सेवासमेत सुचार हुने अध्यक्ष सुब्बाले जानकारी बताए।

Comments