बसको ठक्करबाट २ जनाको मृत्यु

७ भदौ, सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको डुम्राहामा बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । गाईघाटबाट बिराटनगरतर्फ आउँदै गरेको ना ४ ख ३०९१ नम्बरको बसले डुम्राहा ६ मा बा ५९ प ९७५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एकजनाको मृत्यु हो । हिजो साँझ सवा ७ बजेतिर भएको सो दुर्घटनामा मोटरसाइकल चालक धनकुटा छिन्ताङ ड़ोलारा ४ का ३० बर्षिय बिकाश बिश्वकर्माको घटनास्थल‍मा नै मृत्यु भएको थियो । पछाडी सवार सोही ठाउँका ३० बर्षिय जंगबहादुर बिश्वकर्माको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक बिराटनगर १६ बस्ने कोजवराज खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Comments