बेलबारीको होटलबाट एकजोडी पक्राउ

४ भदौ, बेलबारी । मोरङको बेलबारी २ सिसौली चोकमा रहेको गिरी होटल एण्ड लजबाट एक जोडीलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुराकीका आधारमा सो होटलमा छापा मार्दा एक जोडीलाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका १ हिलेका राजन केसी र मोरङको कसेनी ३ हालको बेलबारी नगरपालिका बस्ने राई थरकी महिला रहेका छन् । राई र केसीबीच लामो समयदेखि फोन सम्पर्क रहेको र सोही आधारमा राईले नै केसीलाई बेलबारीमा भेट्न बोलाएको कुरा सोधपुछबाट खुलेको इलाका प्रहरी कार्यलय बेलबारीका इन्चार्ज प्रहरी निरीक्षक दुर्गा प्रसाद दहालले बताए । ती महिलाका श्रीमान बैदेशिक रोजगारीका लागि बिदेशमा रहेको र अन्य कुरा अनुसन्धान भइरहेको प्रनि दहालले बताए । सो होटलमा यसअघि पनि पटकपटक यौन क्रियाकलापमा संलग्न जोडीहरु पक्राउ पर्ने गरेको प्रहरीले जनाएको छ ।

Comments