देववहादुरको जीवन बचाईदिन आग्रह

१३ भदौ, बिर्तामोड। मुटु रोगबाट ग्रसित सुरुङ्गा नगारपालिका - ६ का देववहादुर तामाङको उपचारार्थ समस्या भएपछि परिवारले सबैसँग सहयोगको अपेक्षा गरेको छ । कनकाई वहुमुखी क्याम्पस सुरुङ्गामा वीवीएस दोस्रो वर्षमा अध्ययनरत २१ वर्षीय उनको मुटुको भल्वमा समस्या उत्पन्न भएपछि उपचार गराउन खर्च अभाव भएकोले परिवारले सहयोगको अपेक्षा गरेको हो । काठमाडौस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचार गराइरहेका उनको उपचारमा तीनलाख रूपैयाँ बढि खर्च लाग्ने भएपछि देववहादुरका वुवा वीरवहादुरले छोराको जीवन बचाइदिन आग्रग गर्दै सबैसँग सहयोगको माग गरेका छन् । आर्थिक अवस्था कमजोर भएका तामाङको दुई महिनाअघि स्वास्थ्य जाँच गर्दा मुटुको भल्वमा समस्या भएको डाक्टरले बताएपछि उनले पुनः मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य जाँच गराएका थिए । उनको स्वास्थ्य जाँचमा संलग्न डाक्टरले मुटुमा गम्भीर समस्या आएको भन्दै काठमाडौमा उपचार गर्न सल्लाह दिएपछि उनी थप उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुगेका थिए । उनको प्रारम्भीक चरणको उपचारमा तत्काल एकलाख रुपैयाँ जम्मा गर्नु पर्ने र आउँदो सोमवार नै मुटुको सल्यक्रिया गर्न डाक्टरले भनेपछि आर्थिक समस्याले पिरोलिएका तामाङ परिवारले छोराको जीवन बचाइदिन सबैसँग आग्रह गरेको हो । जनमजदुरी गरेर परिवारको रेख देखको समेत जिम्मेवारी सम्हाल्दै आएका देववहादुर विरामी परेपछि सिङ्गो परिवार नै यतिवेला चिन्तित बनेको छ । देववहादुरको उपचारमा समस्या भएपछि उनका वुवा वीरवहादुरले सम्पूर्ण झापावासी तथा देश विदेशमा रहेका सवैसँग सहयोग माग्दै छोराको जीवन बचाउन आग्रह गरेका छन् । देववहादुरलाई सहयोग गर्ने महानुभावले ९८०६०७३१०६/९८१४९४६१५८ नम्वरको मोवाइलमा फोन गरी सम्पर्क राख्न सक्नेसमेत उनका वुवा वीरवहादुरले बताए ।

Comments