बेमौसमी खेती तालिम शुरु

८ भदौ, दमक । झापाको दमकमा शनिवारबाट ५ दिने बेमौसमी खेती तथा बाख्रा पालन सम्बन्धी तालिम शुरु भएको छ । सानो बाह्रघरे सामुदायिक अध्ययन केन्द्र दमक १८ को आयोजनामा भएको तालिममा महिला समुहका सदस्यहरु सहभागी रहेका छन् । ४५ जना महिला सहभागी तालिममा महिलाहरुको शीप बिकाससँगै आर्थिक उपार्जनका लागि शीपहरु सिकाइने केन्द्रका अध्यक्ष लक्ष्मी निरौलाले बताए । तालिमको उद्घाटन स्थानिय अगुवा प्रेम न्यौपानेले गरेका थिए । जिल्ला शिक्षा कार्यालय झापाको सहयोगमा भएको तालिममा कृषि प्राबिधिक फणिन्द्र भट्टराई र पशु प्राबिधिक बिनोद साफीले सहजीकरण गरेको केन्द्रका सचिव कुबेर भट्टराईले जानकारी दिए ।

Comments