राहत शिक्षक संघर्ष कमिटी गठन

७ भदौ, दमक। राहत शिक्षक संघर्ष समितिको झापा क्षेत्र नम्बर ७ मा कमिटी गठन भएको छ । लखनपुर-१ स्थित मंगलमय उमाविमा शुत्रवार सम्पन्न अध्यक्ष सम्पन्न राहत शिक्षकहरुको भेलाले ओमप्रकाश गौतमको अध्यक्षतामा नौ सदस्यीय क्षेत्रिय कमिटी गठन गरेको हो । गठित कमिटीको उपाध्यक्षमा राजेन्द्र प्रसाद गुरागाई, सचिवमा रोहित लुइँटेल र कोषाध्यक्षमा मीनाकुमारी बाँस्कोटा चयन भएका छन् । यसैगरी, सदस्यहरुमा मदन मिश्र, विष्णु प्रसाद खनाल, दुर्गा बहादुर न्यौपाने, मनोरथ शिवाकोटी र यामनारायण प्रधान रहेका छन् । भेला दमक स्रोत केन्द्र राहत शिक्षक संघर्ष समितिका अध्यक्ष रामप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा भएको थियो ।

Comments