उवासंघ दमकले पहिरो पिडितलाई राहत उपलब्ध गराउने

२ भदौ दमक। सिन्धुपलाञ्चोकस्थित सुनकोशीका बाढीपिडीतहरुलाई झापाको उद्योग वाणिज्य संघ दमकले राहत उपलब्ध गराउने भएको छ । संघले बाढी पिडीतहरूलाई ५१ हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको हो। आज संघको सम्पन्न कार्यसमिति बैठकले सो निर्णय गरेको जनाइएको छ । पिडीत परिवारलाई सहयोग पुर्‍याउन सो सहयोग गर्न लागिएको संघका अध्यक्ष प्रकाश प्रसाईंले जानकारी दिए । उक्त राहत रकम संघको आउँदो शुक्रबार हुने बार्षिक साधारणसभाका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई हस्तान्तरण गरिने अध्यक्ष प्रसाईंले बताए।

Comments