मोडलिङमा जम्ने सुरमा रोमन


उर्लावारी । पछिल्लो समय मोडलिङलाई पेशाका रुपमा अंगाल्नेहरुको संख्या बढ्दै गइरहेको अवस्थामा यसै क्षेत्रलाई आफ्नो करीयरको रुपमा लिएर अघि बढिरहेका छन् पूर्वेली यूवा रोमन कार्की । भविष्यमा एक सफल कलाकार बन्ने लक्ष्यकासाथ यसै क्षेत्रमा निरन्तर आफ्ना पाइलाहरु अघि बढाइरहेको उनी बताउँछन् । भर्खरै जीवनको दुई दशक पार गरेका उनी यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने सोच रहेको बताउँछन् । पाँच फुट ६ इन्च उचाईका उनी समय अनुसार पहिरन छनौटमा विषेश चासो राख्ने गर्छन् । विषेश गरेर पाइन्ट टिसर्ट लगाउन रुचाउने उनी साथीहरुसँग नयाँ ठाउँ घुमफिर गर्न औधी रुचाउँछ्न् ।
मिलनसार स्वभावका उनलाई उनको लोभलाग्दो शारीरिक बनावटले मोडलिङ क्षेत्रमा जम्न साथ दिने उनका साथीभाईहरुको ठम्याई छ । अभिनयको सुरुवाती क्षणमा रहेका उनले भर्खरै छायाँकन सकिएको नवगायक मिथून सिवाको गीत "सयौं पल्ट देखे मैले" बोलको गीतमा अभिनय गरेर आफ्नो अव्वल प्रस्तूती प्रस्तुत गरी अभिनयको पहिलो पाइला चुम्न सफल भइसकेका छन् । कलाकारिता क्षेत्रलाई नाम र दाम कमाउने माध्यमका रुपमा मात्र चित्रण गर्न नहुने कुरामा उनी जोड् दिन्छन् । उनी भन्छन्, 'कलाकारिता क्षेत्र भनेको एउटा यस्तो क्षेत्र हो, जसले समाजमा घट्ने गरेका नकारात्मक घटनालाई सकारात्मक र उत्कृष्ट सोचसहित अभिनयमा उतारेर कलाकारिताको माध्यमबाट न्यूनिकरण गर्नमा मद्दत गर्दछ, त्यसैले यस क्षेत्रलाई उदार भावनाका साथ लिइनु पर्दछ।' उर्लावारी स्थित दर्शन कलेजमा वि.वि.एस तेस्रो वर्षमा अध्यनरक्त उनी पढाईमा समेत अव्वल छन् । आगामी दिनहरुमा पढाईसँगसँगै कलाकारीतामा पनि जम्ने आफ्नो सुर रहेको कुरा बताउने उनी नेपाली कलाकारहरुमा जीवन लुइँटेल र निशा अधिकारीलाई आफ्नो आइडल पर्सन मान्छन् । साथीभाईको साथ र परिवारको सहयोगले यस क्षेत्रमा प्रवेश गर्न आफूलाई प्रेरणा मिलेको बताउने रोमन फूर्सदको समयमा नयाँ ठाउँ घुम्न रुचाउँछन् । हालसम्म अविवाहित रहेका उनी भविष्य निर्माणपछि मात्र विवाहको विषयमा सोच्ने बताए पनि कसैलाई आफ्नो मन भने सुम्पिसकेको कुरा स्विकार्छन् । प्रस्तुति - किसोर श्रेष्ठ

Comments