सर्पको टोकाईवाट महिलाको मृत्यु

नरेन्द्र बस्नेत, १३ भदौ, मोरङ । सुनसरीको सितागञ्ज गाविस वस्ने एक महिलाको सर्पको टोकाईवाट आज मृत्यु भएको छ। कोशी अञ्चल अस्पताल विराटनगरका डा लोकेन्द्र मण्डलले सीतागञ्ज वस्ने ३३ बर्षीया सरितादेवी साहलाई आज विहान ६ बजे सर्पले टोकेकोमा उपचारका लागि ल्याउन ढिलो भएकाले बचाउन नसकिएको वताए। कोशी अञ्चल अस्पतालको इमर्जेन्सी कक्षमा ल्याइपुर्‍याउँदा अचेत अवस्थामा रहेकी साहको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

Comments