कान्तिपुरद्वारा पत्रकार सुब्बालाई सम्मान

१३ भदौ, दमक । पूर्वेली टाइम्स सहकर्मी पत्रकार विष्णु सुब्बा सम्मानीत भएका छन् । कान्तिपर बचत तथा ऋण सहकारी संस्थाले पत्रकार सुब्बालाई सहकारीका क्षेत्रमा कलम चलाएवापत सम्मानीत गरेको हो । संस्थाको आज दमकमा सम्पन्न दोश्रो बार्षिक साधारणसभाका अवसरमा सुब्बालाई नगद र सम्मानपत्रद्वारा सम्मानीत गरिएको हो । उनलाई डिभिजन सहकारी कार्यालय झापाका प्रमुख नेत्रप्रसाद घिमिरेले सम्मान गरेका थिए । पत्रकार सुब्बालाई केही दिनअघि उद्योग वाणिज्य संघ दमकले समेत सम्मान गरेको थियो । संस्थाले यो वर्षदेखि हरेक बार्षिक साधारणसभामा एकजना पत्रकारलाई सम्मान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष बासुदेव भट्टराईले जानकारी दिए ।

Comments