दमकमा प्याव्सनको कार्यालय

१२ भदौ, दमक। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन)को झापा क्षेत्र नम्बर ७ मा कार्यालय स्थापना गरेको छ । विहीवार दमकमा औपचारिक कार्यक्रम गरी प्याव्सनको क्षेत्रिय कार्यालय सञ्चालनमा ल्याइएको हो । सो कार्यालयको प्यावसनका केन्द्रीय सदस्य नारायण घिमिरेले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै घिमिरेले निजी विद्यालयहरुले समय सुहाउँदो शैक्षिक गतिविधिमा जोड दिनुपर्ने बताएका थिए । त्यस अवसरमा प्यावसन झापाका संस्थापक मनोज कुमार राई, जिल्ला अध्यक्ष मिलन कुमार ढुङ्गाना, पत्रकार मञ्च दमकका अध्यक्ष विष्णु पोख्रेल लगायतसमेतले वोलेका थिए । प्यावसन क्षेत्रीय संयोजक सुजन राईको अध्यक्षतामा भएको उद्घाटनमा प्यावसन क्षेत्रीय कोषाध्यक्ष डिल्लीराम न्यौपानेले एक बर्षसम्म कार्यालय सञ्चालन निःशुल्क सौजन्य दिएको घोषण गरेका थिए । कार्यक्रम प्यावसन क्षेत्रीय सचिव सन्तोष अधिकारीले सञ्चालन गरेका थिए । कार्यक्रममा प्यावसनका पूर्व केन्द्रीय सदस्य एलडी राई, प्यावसन झापाका उपाध्यक्षद्वय श्रवण पोख्रेल, सञ्जीव प्रधान, सचिव कोषराज प्याकुरेल, कोषाध्यक्ष गौरीमान फागो, जिल्ला नेतृत्व तथा विभिन्न क्षेत्रीय पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Comments