२ भदौ,दमक।
झापाको दमक बहुमुखी क्याम्पसस्थित प्राध्यापक संघको नयाँ नेतृत्व चयन भएको छ । पव्लिक क्याम्पस प्राध्यापक संघको सोमबार सम्पन्न पूर्ण वैठकले मोहन भण्डारीको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
गत साउन १६ गते संघको दोश्रो इकाई अधिबेशनले नौ जनालाई निर्वाचित गरेको थियो ।
निर्वार्चित सदस्यहरुको वैठकले सर्वसम्मत गठित समितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा मदन बहादुर थापा र सदस्यहरुमा डाक्टर नेत्रबहादुर बुढाथोकी ,देवराज तिम्सिना, धनञ्जय बाँस्कोटा, राजेन्द्र ढकाल र लोकेन्द्र चेम्जोङ चुनिएका छन् ।
आगामी तीन बर्षको कार्यकालका लागि संघको सह-सचिव र कोषाध्यक्ष भने मनोनयन गरिने नवगठित समितिका सदस्य टेकराज थापाले जानकारी दिए ।

Comments
Post a Comment