क्रान्तिकारीको सम्मेलन आयोजक कमिटी

३ भाद्र, दमक। क्रान्तिकारी पत्रकार संघ झापा पुनर्गठन गरिएको छ । आज विर्तामोडमा सम्पन्न जिल्ला विस्तारित बैठकले सम्मेलन संघको आयोजक कमिटी गठन गरेको छ । बैठकले टीकाराम उप्रेतीको अध्यक्षतामा समिति पुनर्गठन गरेको हो । समितिको उपाध्यक्षमा दीपक अधिकारी र डण्डीराज घिमिरे, सचिव झुलन रेग्मी, सहसचिव नगेन्द्र राई तथा लिलाराज झापाली र कोषाध्यक्षमा उद्धव पुरी रहेका छन् । समितिको सदस्यमा प्रकाश उप्रेती, होमप्रसाद अधिकारी, नमिन ढकाल र सुष्मा कुमाल रहेका छन् । बैठकले मंसिर महिनाभित्र संघको चौथो जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । संघका केन्द्रीय सदस्य तारामणि सापकोटाको अध्यक्षतामा बसेको बैठकमा एमाओवादी झापा अध्यक्ष धर्मशिला चापागाईं लगायतको उपस्थिती रहेको थियो ।

Comments