ढुकुरपानी र जनज्योतिको नेतृत्व चयन

दमक । दमक - ६ को ढुकुरपानी उच्च माध्यमिक विद्यालय र दमक -७ को जनज्योति प्राविको विद्यालय ब्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । बुधवार भएको अभिभावकहरुको भेलाले ढुकुरपानी उमाविको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा लयप्रसाद दाहाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा होमनाथ दाहाल, तिलमाया बिक र रीता श्रेष्ठ रहेका छन् । सोही भेलाले डिल्लीराम ढकालको संयोजकत्वमा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । गठित अभिभावक संघको सदस्यहरुमा शिव घिमिरे, दिपक ढुङ्गेल, इन्द्रप्रसाद गुरागाईं, हरिकृष्ण लामिछाने, सोमलाल धिमाल, खड्ग कार्की, धना पौडेल र बिना राई चयन भएका छन् । भेलाले हिमालय प्रसाद दाहालको संयोजकत्वमा १९ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । यसैगरि वडा नम्वर ७ स्थित जनज्योति विद्यालयको अभिभावक भेलाले डिल्ली श्रेष्ठलाई ब्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा मदन बोहोरा, कल्पना मगर र निशान मगर चयन भएका छन् । सोही भेलाले भानुभक्त अधिकारीको संयोजकत्वमा ११ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ । संघको सदस्यहरुमा सन्तोष लकान्द्री, सीता कार्की, अम्विका चम्लागाई लगायतलाई रहेका विद्यालयको प्रधानाध्यापक पुण्य प्रसाद ढकालले जानकारी दिए यसैबीच दमक -५ दुम्सेस्थित चुलाचुली निमाविले मंगलवारबाट सामाजिक लेखा परीक्षण शुरु गरेको छ । विद्यालयको आर्थिक, शैक्षिक र भौतिक अवस्थाका बिषयमा लेखा परीक्षण शुरु गरिएको हो । शिक्षक अभिभावक संघले आउँदो शनिवारसम्म सामाजिक परीक्षण प्रतिवेदन तयार गरेर विद्यालय ब्यवस्थापन समितिलाई बुझाउने संयोजक चन्द्र निरौलाले बताए । विद्यालयबाट भए गरेका खर्च आम्दानी, परीक्षा फल, प्रशासनिक काम लगायतका बिषयमा प्रधानाध्यापक टंक निरौला र समितिका अध्यक्ष तारामान भुजेललाई सोधेर, कागजात हेरेर परीक्षण प्रतिवेदन तयार गर्ने काम भइरहेको अभिभावक संघले जनाएको छ । प्रतिवेदन तयार भइसकेपछि ब्यवस्थापन समितिले अभिभावक भेला गराएर अनुमोदन गर्नु पर्ने प्रावधान रहेको छ ।

Comments