१ भदौ, मोरङ ।
वियर खान नपाएको झोंकमा मोरङको दुलारीमा शनिबार राति एक युवकले एक महिलालाई छुरा प्रहार गरी घाइते बनाएका छन् ।
दुलारी ६ स्थित एक किराना पसलमा ती युवकले बियर माग्दा पसलकी महिलाले दिन झर्को मानेपछि महिलालाई छुरा प्रहार गरेका हुन् ।
रात १२ बजे अत्याधिक मातेर हो हल्ला गर्दै आएका स्थानीय प्रेम राईले पसलमा गएर बियर माग्न थालेपछि पसलमा सुतिरहेकी ३० वर्षिया नेत्र कुमारी चौधरीले दिन झर्को मानेकी थिइन । त्यसैको झोंकमा राईले उनलाई छुरा प्रहार गरेका थिए ।
अभियुक्तलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
छुरा प्रहारबाट घाइते महिलाको विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीको भनाई छ ।
Comments
Post a Comment