'सयौंपल्ट देखे मैले'को छायाङ्कन सकियो

गायक तथा सञ्चारकर्मी मिथुन शिवाको गीत 'सयौं पल्ट देखे मैले, तिमीलाई उसैसँग'को म्यूजिक भिडियो बन्ने तयारीमा छ । भिडियो निर्माणका लागि गीतको छायाँङ्कन सकिएको छ । उर्लाबारीको बेतेनी सिमसार लगायत स्थानीय स्तरमै छायाँङ्कन गरिएको भिडियो १ महिनाभित्रमै सार्वजनिक हुने भिडियोका निर्देशक विश्वास दहालले बताए । गीतको भावलाई अन्याय नहुने भिडियो निर्माण हुने विश्वासको दावी छ । 'भिडियोमा पनि 'फ्रेस' युवायुवती छन्, म्युजिक भिडियोमा पनि नयाँपन आउनेछ', विश्वासले भने । कलाकारिता क्षेत्रमा सम्भावना बोकेकाहरुलाई भिडियोबाट उजागर गर्ने उनले बताए । उर्लाबारी र दमकका युवायुवतीको कलाकौशल तथा अभिनय भिडियोमा समाबिष्ट छ । स्थानीय लालबहादुर खत्री, रोमन कार्की, तृष्णा रेग्मी, बिर्षिका दहाल र अंशु सुन्दासले भिडियोमा अभिनय गरेका हुन्। भिडियोको छायाँङ्कन फोटो पत्रकार बिबेक हिङमाङले गरेका हुन् । बिबेकले आफ्नो ठाउँलाई चिनाउन पनि उर्लाबारीमै छायाङ्कन गरिएको बताए । बिबेक भन्छन्, 'अन्य ठाउँमा गरौं भनेर प्रस्ताव आएको थियो तर अन्त मन गएन ।' बेतेनी सिमसारको सम्भावना रहेको बताउँदै आफ्नै ठाउँको दृश्यलाई भिडियोमा कैद गर्ने आफुहरुको मन रहेको बिबेकले जानकारी दिए । नजिकको तीर्थ हेला गर्न नहुने पनि बिबेकको सुझाब छ । बिबेकको भनाई छ, 'आफ्नै गाउँठाउँ र स्थानीय कलाकारको प्रमोसन गर्ने हो ।' प्रस्तुति - तेजन खड्का

Comments