१ भदौ, दमक ।
झापाको लखनपुर गाविसले समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाविस कार्यालयको सभाहलमा शुक्रवार सम्पन्न गोष्ठीमा गाविसले गएको वर्षको यथार्थ आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेको थियो । गाविसका सचिव राजकुमार शाक्यले गाविसले आर्थिक बर्ष २०७०/७१ को अवधिमा भएका आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेका थिए । गोष्ठीमा सचिव शाक्यले गाविसको समृद्धि तथा विकासमा जोड दिएका थिए ।
गाविसबाट कुल ८७ लाख ५ हजार ९ सय ३२ रुपैयाँको आय-ब्यय विवरण गोष्ठीमा प्रस्तुत गरिएको थियो । आयतर्फ सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत एक करोड ८० हजार १ सय, निर्वाचन क्षेत्र कार्यक्रमअन्तर्गत ३ लाख ६ हजार ५ सय ३० रुपैयाँ, सरकारी अनुदान ४६ लाख, जिविस अनुदान १३ लाख ८३ हजार ७ सय १४ रुपैयाँलगायत रहेको उल्लेख छ । त्यस्तै आम्दानी तर्फ नै मालपोत करबाट ६ लाख १६ हजार ९ सय ९३, अन्य आयबाट १ लाख ६० हजार ८ सय ४५, घरजग्गा करवाट २८ हजार ३ सय १७, सवारी साधन करबाट ६ हजार ९ सय ३९, वाल विटौरीबाट ४ हजार, ब्यवसाय करबाट ७१ हजार ३ सय ५०, दस्तुर सिफारिसबाट १० लाख ६ हजार ३५ लगायत रहेका छन् ।
त्यस्तै गत बर्षको आयतर्फ कुल ३ लाख ४६ हजार ७ सय १३ रुपैयाँ जम्मा रहेको गाविसको प्रतिवेदनमा जनाइएको छ । यसैगरी, गाविसको व्ययतर्फ सार्वजनिक सेवा निर्माणमा ३८ लाख ९६ हजार ३० रुपैयाँ, मालपोत फिर्ता कट्टीतर्फ २ लाख ६० हजार २ सय ९७ रुपैया, गाविसको भवन निर्माण तर्फ ५ लाख ५५ हजार ९८ रुपैयाँ, तलवमा चालु उपभोग तर्फ ९ लाख ९२ हजार ८ सय ६२ रुपैयाँ, भत्ता तर्फ ८४ हजार ९ सय, कार्य सञ्चालनतर्फ ४ लाख ४८ हजार २ सय ८५, विविधतर्फ १ लाख ४५ हजार ५ सय २९ रुपैयाँ खर्च भएको जनाइएको छ । त्यसैगरी, धारा विजुलीमा २७ हजार ६ सय ९१, कार्यक्रम भ्रमण खर्चमा ८८ हजार ५ सय ८८ रुपैयाँ, नारी सचेतनामा ३० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
सो अवसरमा गाविसका विभिन्न नागरिक वडा मञ्चका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
Comments
Post a Comment