सहकर्मी पत्रकार सुब्बा सम्मानीत

६ भदौ, दमक। पूर्वेली टाइम्स सहकर्मी बिष्णु सुब्बा पुरस्कृत भएका छन् । दमक उद्योग वाणिज्य संघले वितरण शुरु गरेको पुरस्कारवाट उनी पुरस्कृत भएका हुन् । स्थानीय उद्योग, व्यवसायको क्षेत्रमा कलम चलाएवापत सुब्बालाई संघले आज सम्मानीत गरेको हो । पुरस्कारको राशी नगद ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष प्रदिपजङ्ग पाण्डेले पुरस्कार प्रदान गरेका हुन् । पत्रकार सुब्बा राससमा २०५६ सालदेखि स्ट्रिङ्गरका रुपमा कार्यरत रहेका छन् भने दमकबाट प्रकाशित हुने पिपुल्स टाइम्सका समाचार संयोजक समेत हुन् । पूर्वेली टाइम्सका अभिन्न अंगका रूपमा रहेका पत्रकार सुव्वा दमक उद्योग वाणिज्य संघबाट पुरस्कृत भएकोमा पूर्वेली टाइम्स उनलाई हार्दिक वधाई ज्ञापन गर्दछ । फोटो – पुरस्कार ग्रहण गर्दै पत्रकार सुब्बा ।

Comments