लायन्सको पदहस्तान्तरण


१३ भदौ, बिर्तामोड। लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक थ्रीटुफाइव ए वान का डिष्ट्रिक गभर्नर भीमप्रसाद घिमिरेले मानवीय सेवामा समर्पित लायन्स क्लव सदैव दिन दुःखीको सेवा गर्न आतुर रहेको बताएका छन् । लायन्स क्लव अफ बिर्तामोड र भद्रपुरको संयुक्त आयोजनामा बिर्तामोडमा भएको पद हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अन्तराष्ट्रिय रुपमा ख्याति कमाएको लायन्स क्लवले देश तथा विदेशमा रहेका असहाय तथा अशक्त मानिसको जीवन यापनमा सहजता पुर्‍याउन सहयोग गरिरहेको र प्रक्रियागत रुपमा झापाबाट पनि शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रका लागि सहयोगको माग गरे ५० लाख रूपैयाँ सम्मको सामाग्री प्रदान गराउन आफू लागि पर्ने बताए ।
बिर्तामोड र भद्रपुरबाट सर्वसम्मत छानिएका पदाधिकारीलाई सपथग्रहणसमेत गराएका उनले पूर्वमा उत्कृष्ट लायन्सको रुपमा चिनिएको बिर्तामोड र भद्रपुरलाई अझ बढी सामाजिक कार्य गर्दै दिन दुःखीको सेवा गर्न आग्रह गरेका थिए । लायन्स क्लव अफ बिर्तामोडका अध्यक्ष सत्यनारायण शर्मा र भद्रपुरका अध्यक्ष प्रदीप रेग्मी सर्वसम्मत छानिएपछि उनीहरुलाई संयुक्त रुपमा सपथग्रहण गराइएको थियो । लायन्स क्लव अफ बिर्तामोडको प्रथम उपाध्यक्षमा मेमलाल राजवंशी, द्वितीय उपाध्यक्षमा सुरजकुमार रौनियार, सचिवमा गौरीशंकर गुप्ता 'टिङ्कु', कोषाध्यक्षमा ओमकृष्ण विमली, सह सचिवमा यज्ञराज अग्रवाल, टेमरमा पुष्कर निरौला, टेल ट्युयिष्टर निकेस गट्टानी र जनसम्पर्क अधिकारीमा प्रकाश शिवाकोटी चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यमा सुशीलकुमार अग्रवाल, गौतम शिवाकोटी, प्रदीप अग्रवाल, अनुराग सिन्हा र सन्जय चौधरी रहेका छन् । त्यसैगरी भद्रपुरको प्रथम उपाध्यक्षमा सुवोध कोठारी, द्वितीय उपाध्यक्षमा पृथ्वीवहादुर पौडेल, सचिव रमेशप्रसाद पौडेल, कोषाध्यक्षमा हुलाशचन्द्र सरिया, टेमरमा राजेन्द्र चापागाईं, टेल ट्युस्टरमा सुरेश सरिया र जनसमपर्क अधिकारीमा कुमोदचन्द्र झा रहेका छन् । यसैगरी सदस्यमा नरेशकुमार शर्मा, ओमप्रकाश सरावगी, सावित्री सिंह रहेका छन् । सन २०१४/०१५ का लागि चयन भएका सवै पदाधिकारीलाई डिष्ट्रिक गभर्नर घिमिरेले नै सपथग्रहण गराउँदै लायन्सको पिन वितरणसमेत गरेका थिए । बिर्तामोडको मारवाडी सेवा समितिको सभाहलमा सम्पन्न कार्यक्रममा डिष्ट्रिक क्याविनेट सेक्रेटरी लीला ढुङ्गेल, डिष्ट्रिक क्याविनेट कोषाध्यक्ष राजन खत्री, रिजन चेयरपर्सन गोपाल दाहाल, जोन चेयर पर्सन ववरजंग थापा लगायतले बोलेका थिए । त्यस्तै मेची आँखा अस्पतालका डा. पुरुषोत्तम जोशी, विमल पौडेल, दिनेश मित्तल, सुरेशकुमार अग्रवाल, समाजसेवी गोपालकुमार वस्नेत, हरिचरण सिवाकोटी, मेची क्यम्पस भद्रपुरका क्यम्पस प्रमुख उमानाथ ओली लगायतले लायन्सले गरेका सकारात्मक कार्यको प्रशंशा गरेका थिए । लायन्स क्लवमा लामो समयदेखि आवद्ध रहेर एम्वुलेन्स चालकको रुपमा कार्यरत रहेका अमरवहादुर विश्वकर्मालाई सम्मानसमेत गरिएको थियो । त्यस्तै मेची आँखा अस्पताललाई लायन्सले गरेका सकारात्मक कार्यलाई सहयोग पुर्‍ाउदै विभिन्न ठाउँमा भएका आँखा शिविरमा पुगेर आँखा जाँच गर्दै मोतियाविन्दु भएकालाई सफल शल्यक्रिया गर्न सहयोग पुर्‍याएको भन्दै प्रशंशा पत्र प्रदान गरिएको थियो । यसैगरी देवी उच्च माविमा अध्ययनरत दुईजना छात्रालाई छात्रवृत्ति समेत प्रदान गरिएको थियो । कार्यक्रममा ध्वजाको अभिवादन कुशल खतिवडाले गरेका थिए भने कार्यक्रम सञ्चालन क्लवका सचिव गौरीशंकर गुप्ताले गरेका थिए । यसैगरी क्लवले बिर्तामोड स्थितमुक्ति चोकमा रहेको जनआन्दोलनका शहीदको स्मृतिमा निर्मित शालिकको कम्पाउण्डमा फूल रोपन कार्य सम्मन्न गरेको छ । क्लवले सो कम्पाउण्डमा रहेको वगैंचाको समेत रेखदेख गर्ने जिम्मा लिएको क्लवका गुप्ताले बताए ।

Comments