कुरुम्बाङको शोकसभा

१५ भदौ, दमक। दमकस्थित किरात युमा माङहिमका मूल पूजारी आइतराज कुरुम्बाङको स्मृतिमा आज शोकसभाको आयोजना गरिएको छ । माङहिममा अयोजना गरिएको सो शोकसभामा स्वर्गीय कुरुम्बाङले पुर्‍याएको योगदानको चर्चा गरिएको थियो । किरात युमा माङहिम तथा क्याप्टेन रामबहादुर बेघा लिम्बु भिसी प्रतिष्ठानले गरेको सो शोक कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पूनीमाया बेघा, किरात धर्म तथा साहित्य उत्थान संघका प्रवक्ता डिल्लीराम चाम्लिङ, किरात याक्थुङ चुम्लुङ झापाका सचिव विष्णु सुब्बा, सेवा गुरु आइतबहादुर फियाक, मोति इङनाम लगायतले बोलेका थिए । मूल पूजारी कुरुम्बाङको यहि भाद्र ७ गते ६२ बर्षको उमेरमा काम गर्दागर्दै निधन भएका थियो । सतासीधाम-१ मा स्थायी बसोबास गर्दैआएका उनी २०५४ सालदेखि माङहिमका मुख्य पूजारी रहेका थिए । यसैबीच माङहिमले आफ्ना मुख्य पूजारीको निधनप्रति शोक मनाउन त्यहाँ हुँदैआएका दैनिक पूजाआजा लगायतका सेवा यहि भदौ १७ गतेसम्म बन्द गरेको माङहिमका अध्यक्ष हस्तबहादुर बेघाले जानकारी दिए।

Comments