'नयाँ विषयमा कलम चलाऔं'

१४ भदौ, बिर्तामोड। झापामा रहेका पत्रकारले विषयगत सीप र दक्षतालाई विकास गर्दै खोजमुलक पत्रकारिता गर्ने बताएका छन् । आज झापाको बिर्तामोडमा नेपाल पत्रकार महासंघ झापा शाखाले आयोजना गरेको 'पत्रकारिता अनुभव आदान प्रदान' विषयक कार्यक्रममा सहभागी पत्रकारहरुले यस्तो बताएका हुन् । नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य गोपाल गड्तैला वेलायतमा प्रशिक्षण लिएर फर्किएपछि वेलायतमा गरिने पत्रकारिता र उनीसँगको अनुभव आदान प्रदानका लागि झापा शाखाले कार्यक्रमको आयोजना गरेको थियो । महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मदन ढकाल, नेपाल पत्रकार महासंघका निर्वतमान पूर्वाञ्चल संयोजक मोहनकाजी न्यौपाने, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाका अध्यक्ष गणेशमान मुखिया लगायतले खराव कुरालाई त्याग्दै नयाँ-नयाँ विषय वस्तुमा केन्द्रीत रहेर विषयगत रुपमा पत्रकारिता गरे त्यसले पत्रकारलाई मात्र नभई समाजलाई समेत फाइदा पुग्ने बताएका थिए । महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमा स्वागत कोषाध्यक्ष प्रेम आचार्यले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव एकराज गिरीले गरेका थिए ।

Comments