फरार अभियुक्त दुई बर्षपछि पक्राउ

९ भदौ, पाँचथर । ज्यान मुद्दामा जिल्ला अदालतले दुई बर्षको कैद सजाय फैसला तोकेको एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी आइतबार अदालतमा पेश गरेको छ । प्रहरीले सिदिन ४ का ४२ वर्षिय सुरेन्द्र राईको हत्यामा संलग्न रहेका फरार अभियुक्त सिदिन ४ बस्ने २८ वर्षिय “रापम” भनिने राजकुमार राईलाई पक्राउ गरी पाँचथर अदालतमा पेश गरेको हो । उनलाई लुकेर घर आएको अवस्थामा शनिबार विशेष सुराकी परिचालन गरी सिदिन ४ बाट प्रहरीले पक्राउ गरेको थियो । कुटपिटबाट मृत्यु भएको घटना सम्बन्धमा प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गर्दा उनी घटनाको मतियार भएको खुलेको थियो । घटनापश्चात फरार राईलाई जिल्ला अदालतबाट दुई वर्षको कैद सजायको फैसला सुनाएको थियो । २०६८ साल पुस २१ गते साँझ करिब ७ बजे सिदिन ४ इम्सवा भन्ने स्थानमा उनीसहित चारजनाको समुहले सिदिन ४ का सुरेन्द्र राईलाई कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न अन्य दुई जनालाई यसअघि नै प्रहरीले पक्राउ गरी हाल जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका छन् भने एकजना फरार रहेकाले खोजतलाश भइरहेको छ ।

Comments