५ भदौ, मोरङ।
मोरङको डाँस खोलामा आएको बाढीले बयरवन ८ स्थित चार कठ्ठा धान खेत कटान गरेको भने दुई घर जोखिममा परेको छ ।
बाढीले बबयरबन ८ दैधापस्थित चार कट्ठा जमीनमा लगाएको धानखेत बुधबार राती कटान गरेको हो । 
बाढिका कारण स्थानीय पर्शुराम नेपाल र लीलानाथ तिमल्सिनाको घरसमेत जोखिममा परेको छ । घर जोखिममा परेपछि उनीहरुको परिवार घर छाडेर हिँड्न बाध्य भएको छ प्रहरीले जनाएको छ। 
उक्त स्थानमा जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानामा सारिएको प्रहरी चौकी रमाइलोले जनाएको छ । 
Comments
Post a Comment