सिसि क्यामेरा चोर सुरक्षा गार्ड पक्राउ

१२ भदौ, मोरङ। अस्पतालमा राखिएको सिसि क्यामेरा चोरी गर्ने सोही अस्पतालका सुरक्षा गार्डलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर आँखा अस्पतालमा राखिएका तीनवटा सिसि क्यामेरा चोरीको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत सुरक्षागार्ड विराटनगर – १८ का पेशल बस्नेतलाई पक्राउ गरेको हो। अस्पतालको वहिरङ्ग विभागमा जडान भएका ती क्यामेरा मंगलबार राति हराएपछि अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालय रानीमा खबर गरेको थियो। प्रहरीले घटनाको अनुसन्धानपश्चात सुरक्षागार्ड नै चोरीमा संलग्न रहेको देखिएपछि बुधबार उनलाई सामानसहित पक्राउ गरिएको इप्रका रानीले जनाएको छ।

Comments