नरेन्द्र बस्नेत,
३ भदौ, मोरङ ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले आफ्नो स्वर्ण जायन्तीको उपलक्ष्यमा फोटो प्रदर्शनी, स्तम्भ निर्माण लगायतका कार्यक्रमको आयोजना गर्ने भएको छ।
सोसाइटीका मोरङ अध्यक्ष मनोज उपाध्यायद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही भदौ १९ गतेदेखि ०७२ भदौ १९ गतेसम्म 'समुदायसँग प्रगाढ सम्वन्ध, विगतको स्मरण भविष्यको निर्माण' को नारासहित विविध कार्यक्रमको आयोजना गरी स्वर्ण जयन्तीको मनाउने निर्यय भएको जानकारी दिए।
सोसाइटीले महोत्सवको अवसरमा विपद् पूर्व तयारी, राहत, उद्धार, आधारभूत प्राथमिक उपचार, कृत्रिम अभ्यास प्रदर्शन, रगत तत्व सेवा पुनः संचालन, विद्यालय स्तरीय रक्तदाता उत्प्रेरक प्रशिक्षण, विरामीहरुलाई फलफूल वितरण, स्वयंसेवक सम्मान, शैक्षिक सूचनामूलक प्रकाशन लगायतका कार्यक्रम गर्ने भएको छ।
यस्तै वृक्षारोपण, अडियो भिजुवल सामाग्री निर्माण र प्रशारण, स्वयंसेवक स्मृति कक्ष निर्माण, स्मारिक प्रकाशन, विविध खेलकूद प्रतियोगिता, कविता, निवन्ध चित्रकला प्रदर्शन लगायतका कार्यक्रमको आयोजना गर्ने अध्यक्ष उपाध्यायले वताए।
उनले स्वर्ण जयन्तीको अवसरमा विशेष विरामीलाई रगतमा ८० प्रतिशतसम्म छुट दिने जानकारी दिए।
रेडक्रस मोरङ शाखा वि.सं. २०२२ भदौ १९ गते स्थापित भएको हो ।

Comments
Post a Comment