सभासद् सुब्बालाई मातृ शोक

दमक। नेपाली कांग्रेसकी सभासद् महेन्द्र कुमारी सुब्बालाई मातृ शोक परेको छ । सुब्बाकी ७८ बर्षीया आमा कृष्णकुमारी राईको उपचारका क्रममा आज अपरान्ह काठमाण्डौमा निधन भएको हो । लामो समयदेखि मृगौला रोगबाट पिडीत भएकी उनको काठमाण्डौस्थित मेडिकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दिवंगत कृष्णकुमारी प्रजातन्त्र सेनानी स्व.मुगाधन राईकी धर्मपत्नी हुन् । स्व. मुगाधनले २००७ सालमा तत्कालिन राणाविरोधी आन्दोलनमा पूर्व भोजपुर क्षेत्रको मोर्चा सम्हालेका थिए । उनकै अगुवाईमा राणाविरोधी सशस्त्र आन्दोलन सफल भएको थियो । दिवंगत राईका ७ छोरा र ४ छोरी रहेका छन् । कांग्रेस नेतृ सभासद् सुब्बा माइली छोरी हुन् ।

Comments