नक्कली सवारी चालक अनुमति पत्र वनाउने ठग पक्राउ

नरेन्द्र बस्नेत १० भदौ, मोरङ । नक्कली सवारी चालक अनुमति पत्र वनाउने एक जनालाई प्रहरीले विराटनगरवाट पक्राउ गरेको छ। सिरहा विद्यानगर गाविस वडा नं ९ घर भै हाल विराटनगर¬ १३ वस्ने ३० वर्षिय चन्नु भन्ने परवेश अन्सारीलाई नक्कली सवारी चालक प्रमाणपत्र, सवारी चालक आवेदन फारम, निरोगिताको प्रमाण पत्र, शैक्षिक प्रमाणपत्र, नागरिकताको फोटोकपिसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। उनले सवारी चालक अनुमति पत्र तथा शैक्षिक प्रमाणपत्र वनाउने भन्दै विभिन्न व्यक्तिहरुसँग ५ हजारदेखि २० हजार रूपैयाँसम्म लिने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द काफ्लेले वताए। अन्सारीले सवारी चालक अनुमति पत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षा दिनु पर्दैन भनी अहिलेसम्म एक लाख ५० हजार रुपैयाँ भन्दा बढि ठगी गरेको प्रहरीले वताएको छ।

Comments